शुभ नयाँ साल

१ बैशाख २०७४

banner

चाहे काठमाण्डुको केन्द्रीय मुटुमा बस
चाहे काम खोज्दै उत्तरी ध्रुवमा खस
नयाँ साल जन्मेको ठाउँदेखि मनमा आउँछ
नेपाली रगतको खुशी हरेक मुहारमा बगाउँछ ।

हृदयमा अनुभव हुन्छ आमाको काखै न्यानो
नेपालीपन जोगाउने सगरमाथा कै छानो
जताततै स्वर्ग हेर तराई, पहाड, हिमाल
खुसीयाली दिदै थप्दै आउँछ नयाँ साल ।।

जता जता भए पनि हाम्रो एउटै जाती
नेपाली हौँ सधैँको लागि हाम्रो विशाल छाती
मेरो मुटु तिम्रो मुटु गाँसिएको नेपाल
सुख समृद्धि छर्दै आउँछ शुभ नयाँ साल ।।।

लस एन्जेल्स

Leave a reply

HTML Tags are not supported

Post My Comment »