कविता - "तिम्रो हरेक आगमनमा" - कमला अधिकारी, लोहनी

१ बैशाख २०७४

banner

 तिम्रो हरेक आगमनमा मनभित्र   उमङ्गहुन्थ्यो 
टुट्न लाको मुटुभित्र  सपनाको रङ्ग हुन्थ्यो 
सुक्नलाको मेलम्चीमा सुद्ध जलको तरङ्ग हुन्थ्यो
परदेशी छोरो भेट्न आमाको मन दङ्ग हुन्थ्यो।।

तर तिमी खाली आयौ रुने मन थाकी सक्यो 
ढुक ढुक गर्ने मुटु पनि भित्र बाटै फाटी सक्यो 
मरुभूमि भयो जिबन प्यास पनि लागन छाड्यो 
जाहाज चडी गाको छोरो बाकसमा फर्की आयो।।

आउन त आयौ  तिमी आफ्नै रङ्ग फेरी फेरी 
रुवाउन्दै मातृ भुमि टुलु टुलु हेरी हेरी 
लाज ढाक्ने  टालो  छैन मोबाइलको सिम फेरी फेरी 
चुइने त्यो छाप्रो भित्र इन्टरनेट ले घेरी घेरी ।।

अर्को बर्ष सक्छौ भने कुलमानहरु जन्माइदिनु 
धरै धुर्मुस सुन्तली लाइ राम्रो संग हुर्काइ दिनु 
उजाड छन् बस्तिहरु पसिनाले सिन्चिदिनु 
खाडी तिर  लाको लर्को आफ्नै गाउँ  फ़र्काइदिनु।।

कमला अधिकारी लोहनी

Leave a reply

HTML Tags are not supported

Post My Comment »