गजल 'जीवन' नवराज योन्जन

२ बैशाख २०७४

फुलिदिने लालीगुँरास झैँ पातको यात्रामा छ जीवन।
कहिल्यै नझुक्ने कठोर बातको यात्रामा छ जीवन।

गरिवी अशिक्षित भोकभोकै छन् लालाबाला घरमा
 क्रान्तिको बाटो रोज्दै आघातको यात्रामा छ जीवन।

बाँच्ने आधार खोज्दा आतंककारी भन्यो सामन्तले
खोलानाला वन जङ्गल रातको यात्रामा छ जीवन।

अनन्त सोच कल्पनामा हिडी रहेकाछन् पाइलाहरु
वर्तमानको ज्ञातबाट अज्ञातको यात्रामा छ जीवन।

शोषित पीडितहरु उनिनु छ सयपत्रीझैँ माला बनेर
समर्पित एकअर्का हात हातको यात्रामा छ जीवन।

Leave a reply

HTML Tags are not supported

Post My Comment »