कविता – नयाँ वर्ष, गीता अधिकारी

२ बैशाख २०७४

banner

           नयाँ वर्ष

प्रत्येक नेपालीहरूको मुहारमा
मुस्कान ल्याऊ ए नयाँ वर्ष !
हरेक दुख कष्ट वाट
मुक्त वनाऊ ए नयाँ वर्ष !!

मनमा सुख शान्तीले छाएर
आऊ ए नयाँ वर्ष !
अनेक सपनाहरू साकार
पारेर आऊ ए नयाँ वर्ष !!

विरहरुको पसिना वोकेर
आऊ ए नयाँ वर्ष !
नौलो अनि सुनौलो विहानी
लिएर आऊ ए नयाँ वर्ष !!!

सवै को आगनमा घाम लागेर
आऊ ए नयाँ वर्ष !
प्रत्येक नेपाली हरू को आशा वनेर
आऊ ए नयाँ वर्ष !!!

Leave a reply

HTML Tags are not supported

Post My Comment »