निराशा मेटाउन ‘मष्टा मन्दिर’ जाने भक्तजनहरुको घुँईचो

१० भाद्र २०७५
banner

रामचन्द्र न्यौपाने

दुनै, डोल्पा । यहाँका मष्टा मन्दिरहरुमा दैनिक सयौँ सर्वसाधारणहरुको घुँईचो लागेको छ। आफ्नो घर परिवार र आफन्तको भूत, भविश्य र बर्तमानको विषयमा जानकारी पाउन भक्तजनहरु मष्टा मन्दिरसम्म पुग्ने गर्दछन्।

त्रिपुरा सुन्दरी, मष्टा भवानी गल्ली र छल मुख्य जिल्लाकै प्रसिद्ध मन्दिरको रुपमा चिनिन्छन्। आफ्नो जीवनमा हुने शुभ अशुभ कुरादेखि जीवनमा प्राप्त हुने सुख, दुख, शिक्षा, आयु, मान सम्मान, पद, सरुवा, बढुवा, स्वास्थ्यलगायतका थुप्रै जिज्ञासा लिएर सर्वसाधारणहरु मष्टा भवानी मन्दिरमा पुग्ने भक्तजनहरु बताउँछन्।

उक्त मन्दिरहरुप्रति डोल्पाली भक्तजहरु मात्र नभई रुकुम, जाजरकोट, काठमाडांैलगायतका बिभिन्न जिल्लाका सर्व साधारणहरुको अटुट आस्था रहेको छ।

डोल्पालीहरु विज्ञान भन्दा अलौकिक प्राकृतिक शक्तिको धेरै बिश्वास गर्ने भएकाले बिरामी पर्दा पनि मष्टा देवताकै शरणमा पुग्ने गरेको बताईन्छ।
त्यसमध्ये त्रिपुरासुन्दरी नगरपालिका १ गल्ली गाँउमा पर्ने मष्टा मन्दिर जिल्लाकै चर्चित मन्दिरको रुपमा चिनिन्छ।

मष्टा भवानी मन्दिर गल्लीमा भक्तजनहरुको जिज्ञासा राखेअनुसार भविश्यवाणी हुने भएकाले दिनहुँ सर्वसाधारणहरुको चाप हुने गर्दछ। त्यसो त डोल्पाबासी मात्र नभई देशका विभिन्न जिल्लाका सर्वसाधारणको आस्थाको धरोहरको रुपमा मष्टा भवानी गल्ली चिनिएको छ।

मष्टा भवानी जिल्लाका प्रजिअदेखि अन्य कार्यालय प्रमुख कर्मचारीको समेत रोजाईमा पर्दै आएको छ।

जिल्लाबाट कर्मचारीहरु बिशेष गरेर सरुवा कहिले हुन्छ बढुवा कहिले हुन्छ, घरपरिवारमा कस्तो छ? भोलीको भबिश्य के छ भन्नेलगायतका जिज्ञासा लिएर मष्टा देवता कहाँ देखाउन आउने गरेको पुजारी नन्दसिं थापाले जानकारी दिए।

डोल्पाको जिल्ला त्रिपुरासुन्दरी नगरपालिका १ अन्तर्गत गल्लीमा रहेको मष्टा देबताको मन्दिरमा दैनिक सयौँ भक्तजनहरुकोे घुईचो लाग्ने गर्दछ, यस्तो घुईचो बिगत ६ दशक अघिदेखि लाग्ने गरको यस मन्दिरका पुजारी नन्द बहादुर शाहीले बताए।

उनले भने, ‘मुख्य पुजारी धामीलाई देउता चढेपछि भूत, बर्तमान र भबिश्य गरी ३ कालका घटनाहरु जानकारीे हुने भएकाले अग्रीम भविश्य जान्नका लागि दैनिक भक्तजनहरुको घँुईचो लाग्ने गर्दछ।

मष्टा भगवानप्रति डोल्पाली मात्र नभई विभिन्न जिल्लाबासीको समेत अटुट आस्था रहेकाले यस मन्दिरमा आएर दर्शन गर्नाले मागेको कुरा पुरा हुने धार्मिक विश्वास रहेको स्थानीय गोमा उपाध्यायले बताइन्।

डोल्पामा साउन पूर्णिमाको अवसरमा सम्पुर्ण स्थानीयहरु आ–आफ्ना कुलाम्य देबी देबतासँग जिल्ला भित्रदेखि जिल्ला बाहिरका तीर्थ धामहरुमा तीर्थयात्रा गर्न जाने गर्दछन्।

८० वर्षिया मुख्य पुजारी धामी शाही माथि अकस्मात देउता चढिसकेपछि मन्दिरमा श्रद्धाका साथ पुगेका सम्पुर्ण भक्तजनलार्ई पालोपालो भविश्य बाणी गर्ने गरिन्छ।

शाहीले गरेका सम्पूर्ण भबिश्यबाणी पुरा हुनेमा शत प्रतिशत विश्वस्त रहेको स्थानीय रत्ना लक्ष्मी न्यौपानेले बताइन्। यस मन्दिरमा आउने सम्पूर्ण भक्तजनहरुलाई विशुद्ध व्यक्तिगत रुपमा स्थानीयहरुले खाने बस्ने व्यवस्था गर्दै आएका छन्।

यस मन्दिरमा दर्शनको लागि पूर्वप्रधानसेनापति रुकमांगत कटुवाल समेत दर्शनका लागि हेलिकोप्टरबाट पुगेका थिए।

ताजा भिडियो

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |