न्यूयोर्कमा वाणिज्यदूत तथा साहित्यकार कृसु क्षेत्रीको 'चराको गीत'लोकार्पण

११ भाद्र २०७५

banner

न्यूयोर्क । न्यूयोर्कमा साहित्यकार एवं नेपाल सरकारका वाणिज्यदूत कृसु क्षेत्रीको कृति ‘चराको गीत’ लोकार्पण भएको छ। न्यूयोर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा उक्त कविता संग्रहको लोकार्पण भएको हो।

‘चराको गीत’ को लोकार्पण राजदूत डा अर्जुनकुमार कार्कीले गरेका थिए। युएसनेपाल अनलाईनको आयोजनमा भएको समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार डा विष्णुमाया परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

समकालिन नेपाली साहित्यका प्रतिनिधी स्रष्टा कृसु क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरु वाचन गरेका थिए। समकालिन नेपाली साहित्यका प्रतिनिधी स्रष्टा कृसु क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरु वाचन गरेका थिए।

बिलयन लेखन्का प्रबर्तक साहित्यकार कृसु क्षेत्रीका अर्धमुदित आँखाहरु (गजल), बोधिसत्वको मृत्यूउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि (संयुक्त कविता) कृतिहरु प्रकाशित छन्।

उनी युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक) , राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देबकोटा शताब्दी स्वर्ण पदक लगायत एक दर्जन साहित्यिक पुरस्कारहरुबाट सम्मानित भएका छन्।

साहित्यकार एवं वाणिज्यदूत कृसु क्षेत्री न्यू योर्कका नेपाली समाजमा मिजासिला नेपाली डिप्लोम्याट र लोकप्रिय वक्ताको रुपमा रुचाइन्छ। साहित्यकार एवं वाणिज्यदूत कृसु क्षेत्री न्यू योर्कका नेपाली समाजमा मिजासिला नेपाली डिप्लोम्याट र लोकप्रिय वक्ताको रुपमा परिचित छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »