थोत्रो कम्प्युटरको लिलामीको मूल्य ३ करोडबाट सुरु, यस्तो छ महंगो हुनुको कारण

११ भाद्र २०७५

banner

एजेन्सी। अमेरिकामा एउटा थोत्रो कम्प्युटरको लिलामी हुँदैछ । आश्चर्यको कुरा यो कम्प्युटरको लिलामीको मूल्य ३ लाख डलर (३ करोड ३० लाख नेपाली रुपैयाँ)बाट सुरु हुँदैछ । लिलामी सेप्टेम्बरमा हुनेछ । अमेरिकाको बोस्टनको आरआर अक्सन कम्पनीले त्यो कम्प्युटरको लिलामी गर्नेछ । 

यो कम्प्युटर एप्पल कम्पनीको कम्प्युटर हो । यसलाई १९७० को दशकमा स्टिभ जब्स र स्टिभ भोज्नियाकले बनाएका थिए । एप–१ नामको यो कम्प्युटरको मूल्य त्यतिबेला मात्रै ६६६ डलर थियो । एपल–१ ले आज पनि काम गरिरहेको छ । १९७६–७७ को बीचमा जब्स र भोज्नियाकले करिब २ सय कम्प्युटर डिजाइन गरेका थिए । तीमध्ये ६० कम्प्युटर मात्र अहिलेसम्म बाँकी छन् । यो तिनैमध्येको एक हो । 

एप्पलका एक्सपर्ट कोरे कोहेनका अनुसार यसमा सबै पार्टहरु ओरिजिनल छन् । यसको कीबोर्ड पनि ४० वर्ष पुरानो छ । परीक्षणका क्रममा यसलाई ८ घण्टासम्म चलाएर हेर्दा कुनै कमी देखिएन । यो त्यही कम्प्युटर थियो जसले जब्सले नाम र दाम कमाएका थिए । त्यसपछि एपल २ बनाइयो जसको उत्पादन ठूलो परिमाणमा गरिएको थियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »