कविता
फेवातालमा ऐना हेर्दै
माछापुच्छ्रे सिङ्गारिएको
अन्नपूर्णा मुस्कुराउदै
बेगनास तालमा फिजारिएको
श्वेत सुन्दर सेती नदी
कुहिरो भित्र झुकेकि
महेन्द्र, के आइ सिंह पुलको
नजर-पर चेपमा लुकेकि
ताल वाराही मन्दिर वरिपरी
खियाउदै विश्वासका डुङ्गाहरु
संसारका पर्यटकमा ममता पोख्दै
सुम्सुमाउछन् सारङ्कोटे ढुङ्गाहरू
पातालतिर लम्किदै डेभिज फल्स
गुप्तेश्वर गुफामा बिलाउने
बिश्वशान्ति प्यागोडाका आँखाहरूले
बुद्धत्व शान्ति फिजाउने
संघर्ष गर्दै महेन्द्र र चमेरे गुफामा
पत्ता लगाइ आशाका द्वार
रूपातालको सुस्केरामा राष्ट्रिय गान
स्वर्णिम पोखरा रमणीय स्थान
इन्जिनियर राकेश कार्की
लस एन्जेलस