गजल - 'आँखा मेरा भिजेका थिए' - सन्तोष समीप लुइटेल

१९ भाद्र २०७५
banner

                      गजल

 

आँखा मेरा भिजेका थिए, तिमी आउने खबरले
आफ्नै अगाडि नै तिमीलाई, हेर्न पाउने खबरले

फेरी मुस्कुराउने आशा नभएको मरुभूमि जस्तै
उजाड जीवनमा उस्तै, मधुमास छाउने खबरले

यादहरु कति बदमाश, फेरी तिमीलाई सम्झदै
हर्षित थिएँ तिम्रै काखमा, सिराने लाउने खबरले

जादुमय त्यो आवाजले, संसारलाई नै छुने गरि    
कोइलीझैँ मधुर सुरमा, तिमीले गाउने खबरले
            
सन्तोष समीप लुइटेल
साउदी अरब

 

 

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |