बलात्कार गर्न खोजेपछि बालिकाले गरिन् वृद्धको हत्या, त्यसपछि प्रहरी सामु आत्मसमर्पण

२९ भाद्र २०७५
banner

रामेछाप । तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । 

आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो। 

बिहीबार बिहान करीब ८ बजेको समयमा ती किशोरी घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी थिईन्। सो क्रममा श्रेष्ठले जबर्जस्ती गर्न खोजेको र आफू फुत्किएर घर पुगी फलामको रड लिएर श्रेष्ठको घरमै गई प्रहार गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन्। 

घटनामा प्रयोग भएको रडसहित किशोरीले करीब १० बजे प्रहरी चौकी रामेछापमा हत्याको बारेमा जानकारी गराई आत्मसमर्पणसमेत गरेको पनि प्रहरीले जनाएको छ। 

ताजा भिडियो

घुस संवाद भित्र छिर्दा...। Raj Narayan Pathak l Ghus Kanda l

प्रचण्डको उद्घोषः यो नबिर्सनु कि, मैले अड्डी कसेँ भने धेरै कुरा हुन्छ । Prachanda Speech l

मारुनीको शुभमूर्हतमा साम्राज्ञी र पुष्पको यस्तो केमेष्ट्री | Samragee Rl Shah | Puspa Khadka |

नायिका बर्षा राउत र संजोग कोइरालाको बिवाहको रौनक | Barsha and Sanjog Marriage |