बन्धक बनाई फिरौती माग्ने व्यक्तिले बैँकमा पैसा जम्मा गर्न लगाएपछि...

२९ भाद्र २०७५
banner

राजविराज । बन्धक बनाएर फिरौती रकम माग गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ। 

पक्राउ पर्नेमा महोत्तरी साँढा गाउँपालिका–२ का ५५ वर्षीय विन्देश्वर साह रहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरेको हो। 

राजविराज नगरपालिकाका–२ का राजकुमार यादवले दिएको उजुरीका आधारमा सुक्ष्म अनुसन्धान पछि साहलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए। 

उनका अनुसार छोरीको विवाहका लागि पैसा आवश्यक परेकाले नातामा भाइ पर्ने राम चरित्र यादवलाई गत वैशाख १० गते राजकुमारले सामान्य चिनजान रहेका विन्देश्वरसँग पटना पठाएका थिए। पटनाका लागि हिँडेका रामचरित्रलाई बीच बाटो मुज्जफरपुरमै बसबाट जबरजस्ती ओरालेर विन्देश्वरले उनलाई रेलबाट मोतिहारी पुर्याई एउटा होटलमा लगेर बन्धक बनाई राखेको अनुसन्धानबाट खुलेको छ। 

विन्देश्वरसँगै रहेका नाम नखुलेका अन्य तीन चार जना मिलेर रामचरित्रलाई होटलको एउटा कोठामा बन्धक बनाई भारतीय मोबाइल नम्बरको प्रयोग गरेर राजकुमारसँग १० लाख भारतीय रुपैयाँ फिरौती मागेको र रकम नदिए रामचरित्रको हत्या गर्ने पटक पटक धम्की दिने गरेको प्रहरीको भनाई छ। 

त्यही अनुसार रामचरित्रका परिवारले नरेशप्रसाद साहका नाममा रहेका वीरगञ्जस्थित प्रभु विकास बैंकमा गत वैशाख १२ गते रु ९ लाख ६० हजार जम्मा गरेका थिए। बैंकमा जम्मा गरिएको सो रकम भोलिपल्टै अर्थात् वैशाख १३ गते विन्देश्वर साहले झिकेर लगेका थिए। 

भारतीय प्रहरी र पर्सा प्रहरीसँग सम्पर्कमै रहेका बेला विन्देश्वर अचानक वीरगञ्जमा देखापरेपछि उनलाई सोहि स्थानमा घेरा हालेर पक्राउ गरी सप्तरी ल्याइएको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए। 

पक्राउ परेका साहसँग भारतीय आधार कार्ड र जिल्ला वन कार्यालय सर्लाहीमा रेञ्जर पदमा कार्यरत रहेको नक्कली परिचय पत्रसमेत फेला परेको पनि उनले जानकारी दिए।

ताजा भिडियो

घुस संवाद भित्र छिर्दा...। Raj Narayan Pathak l Ghus Kanda l

प्रचण्डको उद्घोषः यो नबिर्सनु कि, मैले अड्डी कसेँ भने धेरै कुरा हुन्छ । Prachanda Speech l

मारुनीको शुभमूर्हतमा साम्राज्ञी र पुष्पको यस्तो केमेष्ट्री | Samragee Rl Shah | Puspa Khadka |

नायिका बर्षा राउत र संजोग कोइरालाको बिवाहको रौनक | Barsha and Sanjog Marriage |