साफ महिला च्याम्पियनसिप: नेपालकाे समूहमा काे काे?

२९ भाद्र २०७५

banner

साफ महिला च्याम्पियन्सिपको बिहीबार बंगलादेशमा सम्पन्न ड्र मा नेपाल समूह एमा परेको छ ।

डिसेम्बर १७ देखि २६ सम्म हुने प्रतियोगिताको समूह एमा नेपालसँगै  बंगलादेश, भुटान र पाकिस्तान रहेका छन्।

यस्तै अर्को समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका छन्। आयोजक राष्ट्रको भने टुंगो लाग्न बाँकी छ। भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो।

प्रतियोगिताको डिसेम्बरमा हुने पाँचौ संस्करण श्रीलंकामा हुने सम्भावना बढी छ। साफका महासचिव अन्वरुल हकले श्रीलंकाले प्रतियोगिता आयोजना गर्ने सम्भावना बढी भएको बताएका छन्। यसै महिनाको अन्त्यसम्म आयोजकको छिनोफनो हुने उनले बताए।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »