१२ स्टार, जसले शीर्ष लिगमा एक गोल पनि गर्न सकेका छैनन्

२९ भाद्र २०७५
banner

एजेन्सीं । २०१८–१९ सिजनको उच्च पाँच लिग जारी छन्। प्रिमियर लिग, ला लिगा, सिरि ए लगायतका मुख्य लिगमा अहिलेसम्म पनि एक गोल गर्न नसकेका १२ स्टार खेलाडीहरु यस्ता छन्।

यस सिजनमा गोलका लागि तडपिरहेका सबैभन्दा ठूला स्टार हुन्, क्रिस्टियानो रोनाल्डो। रियल म्याड्रिडबाट यूभेन्ट्स पुग्दै २ सय ७० मिनेट खेलिसकेपनि रोनाल्डोले गोल गर्न सकेका छैनन्। उनले पोस्टमा २० प्रहार पनि गरेका छन्। कुनै प्रहार टार्गेटमा भने गएको छैन्।

एथ्लेटिको म्याड्रिडका स्थान डियगो कोस्टा पनि यस सिजनमा गोलविहीन छन्। यस्तै यसै सिजनमा ६८ मिलियन यूरोमा लिसेस्टर सिटीबाट म्यानचेस्टर सिटीमा आएका रियाद मेहराज पनि गोलविहीन छन्।

यस्तै स्टार खेलाडीहरु अलेक्स सान्चेज, थोमस लिमर, टिमो वार्नर, मेसुज ओजिल, मार्रो इकाडी, मार्को असिन्सियो, गुन्जालो हुगाँइन, पाउलो डिबाला तथा क्रिस्टियन इरिक्सन जस्ता नाम चलेका खेलाडीले यस सिजनको सुरुवातमा कुनै जादु देखाउन सकेका छैनन्।

 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l