कुकुर कुट्दा काभ्रेका दुई युवालाई ४ महिना जेल सजाय (भिडियो सहित)

२९ भाद्र २०७५
banner

काभ्रे । नेपालमै पहिलोपटक कुकुर कुट्दा बनेपाका दुई युवा जेल परेसँगै मुद्धा चलाइएको छ। बनेपा नगरपालिका वडा नम्बर ७ का संबिधान बहादुर जोशीको घरपालुवा कुकुरलाई कुटेलगत्तै खुकुरी देखाएर परिवारजनलाई धम्की दिएपछि पीडित परिवारले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दर्ता गराएको हो।

खानीखोला गाउँपालिका ७ घर भई हाल बनेपा बस्दै आएका १९ बर्षीय सुरेश ब्लोन र धुलिखेल १ का २८ बर्षीय राज लामालाई नयाँ मुलुकी अपराध संहिता अनुसार मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी उपरिक्षक सुनिल जंग शाहले जानकारी दिए।

कानुन अनुसार उनीहरुलाई ३ ४ महिनासम्म जेल सजाय हुने व्यवस्था भएको उनले बताए। आफ्नै परिवारको सदस्यलाई जसरी माया दिएर पालेको कुकुरलाई निर्घात कुटपिट गरेको कारण प्रहरीमा उजुरी दिन परेको जोशीले बताए। हेर्नुहोस् भिडियो जस्ताको तस्तै :

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l