सी. टी. सी. मोबाईल वर्ल्डले ल्यायो नयाँ बर्षको अवसरमा आकर्षक उपहार योजना

५ बैशाख २०७४

banner

काठमाडौँ ।  सी टि सी मोबाईल वोल्र्डले नयाँ वर्षको अबसरमा ग्राहकहरुको लागि बिशेष अफर ल्याएको छ । नयाँ अवधारणा सहित सञ्चालित उक्त मोबाईल बजारले नयाँ वर्षमा मोवाइल किन्दा हात खाली नहुने उपहार सहित बिशेष अफर ल्याएको हो ।

 एकै छाना मुनि बिभिन्न कम्पनीका सर्विस सेन्टर सहितको एक मात्र मोवाइल हवका रुपमा रहेको उक्त मोबाईल वर्ल्डले नयाँ वर्षको अबसर पारेर मोवाइल खरिदकर्ताका लागि भारी छुटका साथै हात खाली नजाने उपहार सहित “सीटीसी मोवाइल वल्र्डको बहार हरेक दिन मोवाइल उपहार” भन्ने नाराको साथ हरेक दिन मोबाईलहरु तथा अन्य आकर्षक उपहारको योजना ल्याएको छ ।

त्यस्तै “सी टि सी मोबाइल वर्ल्डको फेसबुक पेज मार्फत आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्न सकिने भएको छ ।

ग्राहकले मोबाईल वल्र्डमा रहेका जुनसुकै मोवाइल पसलबाट मोवाइल खरिद गर्दा उपहार योजनामा भाग लिन सकिने सी टि सी मोबाईल वल्र्ड ब्यबस्थापनले जनाएको छ । यो योजना बैसाख १ गते देखि बैशाख १० गते सम्म सीमित अबधिका लागि मात्र लागु रहने जनाइएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »