२ जना बिभत्स अवस्थामा मृत फेला

२९ भाद्र २०७५

banner

काठमाडौं । काठमाडौं र सिन्धुलीमा शुक्रबार मृत अवस्थामा २ जना फेला परेका छन्।

मृत फेला पर्नेमध्ये काठमाडौं दक्षिणकाली नगरपालिका १ खहरे बस्ने २२ वर्षीय सागार सुनार छन्। उनलाई सोही स्थानस्थित गोरेटो बाटोमा मृत अवस्थामा फेला पारिएको हो।

सिन्धुली हरिहरपुरगढी गाउँपालिका २ झन्झलेस्थित बागमती नदीको किनारमा सोही गाउँपालिका १ बागथला बस्ने ५७ वर्षीय लालबहादुर थिङ मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »