सर्पको टोकाईबाट ६० वर्षीय वृद्धको मृत्यु

२९ भाद्र २०७५
banner

सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिकामा सर्पदंशबाट आज एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा लेकबेशी–९ तालडाँडा सुर्खेत निवासी ६० वर्षीय बलबहादुर सोमै मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए।

वृद्ध सोमैलाई सुतेको बेला गए राति ३ बजे सर्पले डसेको प्रवक्ता चौधरीले बताए। बिहान ८ बजे उपचारका लागि उनलाई क्षेत्रीय अस्पताल सुर्खेतमा पुयाइएको थियो। उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ। हालसम्म सर्पदंशबाट सुर्खेतमा चार जनाको ज्यान गइसकेको जनाइएको छ। 

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।