पाकिस्तानमा विस्फोट ३ सुरक्षाकर्मीको मृत्यु, २ घाइते

२९ भाद्र २०७५
banner

इस्लामाबाद । पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा तीन सुरक्षाकर्मी मारिएका छन्। बलुचिस्तान प्रान्तको पिशीन जिल्लामा शुक्रबार भएको विस्फोटनमा परी अरू दुई जना घाइते भएको समाचारमा जनाइएको छ। 

एउटा सरकारी कार्यालय नजिकै सवारी साधानमा बम विस्फोटन गराइएको अधिकारीहरूले जानकारी दिएका छन्। आक्रमणकारीहरूले रिमोट कन्ट्रोलमार्फत विस्फोटन गराएको बताइएको छ। 

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार घाइते सुरक्षाकर्मीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ। प्रहरीले अहिले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको र दोषीको खोजी गरिरहेको जनाएको छ। 

घटनाप्रति प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै घटनाको विस्तृत विवरण आफूलाई दिन प्रदेश सरकारलाई निर्देशन दिएका छन्। निर्वाचन मार्फत नयाँ सरकार बने पनि पाकिस्तानमा विस्फोटनलगायतका हिंसात्मक घटना नरोकिएको भन्दै चिन्ता व्यक्त गरिएको छ। 

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।