राष्ट्रिय अनुसन्धान विभागको संगठन परिमार्जन गर्ने सरकारको तयारी

२९ भाद्र २०७५
banner

काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय अनुसन्धान विभागको संगठन संरचना तथा कार्य सम्पादन कार्यलाई परिमार्जन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा गठन सम्बन्धि बिधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ। 

नेपाल सरकारले गृह मन्त्रालय मातहत काम गरिरहेको विभागलाई प्रधानमन्त्रीले हेर्नेगरी सारिए संगै संगठन पुनसंरचना कसरी गर्ने भन्ने बहस चल्दै आएको थियो। प्रधानमन्त्री कार्यालयले बनाउने बिधेयक संसदको चालु अधिवेशनमा पेश गर्नेगरी काम हुने बुझिएको छ। 

यस्तै आजको मन्त्रिपरिषदको बैठकले नयाँ संबिधान संग बाझिएका र संसोधन गर्नुपर्ने दर्जन बढी प्रचलित नेपाल ऐनहरु संसोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । 

बैठकले अन्तराष्ट्रिय आणविक ऊर्जा सङ्गठनको ६२औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

आजको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीको पाँचौँ संशोधनलाई स्वीकृति दिने निर्णय गरेको छ । यस्तै बैठकले कर्णाली प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ भने सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l