सामसुम ग्यालेक्सी एस–८ सार्वजनिक 

६ बैशाख २०७४

banner

काठमाडौं । सामसुमले नेपाली बजारमा फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस–८ भित्र्याएको छ ।  असीमित सम्भावना रहेको भन्दै सामसुमले नेपाली बजारमा फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस–८ भित्र्याएको हो।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो स्मोर्टफोन सार्वजनिक गरिएको हो। एप्पलले ल्याउने फोनसँग प्रतिष्पर्धा गर्ने गरी यो स्मार्टफोन ल्याइएको दावी गरिएको छ। सामसुमले यस अघि पड्कने समस्या भएपछि नोट ७ स्मार्टफोनको ब्याट्री फिर्ता लिएको थियो।

सामसुमले ल्यालेक्सी एस ८ मा भने व्याट्रीको कुनै पनि समस्या नहुने जनाएको छ। ब्याट्री टिकाउ हुने र डिजाईन नविनतम प्रविधिको प्रयोग गरिएको पनि दावी गरिएको छ । फोनको सुरक्षाका लागि पिन र प्याट्रनको छुट्टै व्यवस्था गरिएको पनि सामसुमले जनाएको छ । 
 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »