१३ बर्षपछि मोनाको पुग्यो च्याम्पियन्स लिगको सेमिफाइनलमा 

७ बैशाख २०७४

banner

काठमाण्डौँ। फ्रेन्च क्लब मोनाको १३ बर्षपछि पुन च्याम्पियन्स लिगको सेमिफाइनमा प्रवेश गरेको छ । बुधबार सम्पन्न दोस्रो लेगमा मोनाकोले बोरुसिया डटमण्डलाई ३-१ ले हराएर समग्रमा ६-३ ले पछि पार्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो । 

मोनाकोको जितमा केलियन  एमबाप्पे, राडामेल फल्काओ र जर्माइनले गोल गरे । बोरिसिया डटमण्डका मार्को रुइसले एक गोल फर्काए । 
खेलको तीन मिनेटमै एमबाप्पेले गोल गर्दै मोनाकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१७ औँ मिनेटमा फल्काओले मोनाकोको अग्रता दोब्बर पारे । 


दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा रेउसले डटमण्डका लागि एक गोल फर्काए । तर खेलको ८१ औँ मिनेटमा जर्मेनले गोल गर्दै मोनाकोको लागि ३-१ को जित सुनिश्चित गरे । यसअघि सन् २००४ मा मोनाको च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको थियो । 


 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »