मेस्सी मैदानमा यसरी पछारिए (भिडियोसहित)

७ बैशाख २०७४

banner

काठमाण्डौँ। बार्सिलोना यो सिजन पनि च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोना इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरिमा रोकिएसँगै समग्रमा ६-३ ले पछि पर्दै सेमिफाइनलमा प्रवेश गर्न असफल रह्यो । 

बार्सिलोनाले युभेन्टसको रक्षात्मक पंक्ति तोड्ने निकै प्रयास गर्यो तर गोल गर्न भने सकेन । त्यही क्रममा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी पछारिएको विषयलाई लिएर विश्वभर विभिन्न प्रतिक्रिया तथा हाँसिमजाक समेत भइरहेको छ ।

 उनी पहिलो हाफ सकिन लाग्दा युभेन्टसका मिसालेम जानिकसँग हावामा रहेका बल नियन्त्रण गर्न खोज्दा नराम्रोसँग मैदानमा पछारिएका थिए । मेस्सीले हेडमार्फत बलको पोजिसन आफ्नो नियन्त्रणमा लिन चाहन्थे तर जानिकसँग ठोक्किएपछि मैदानमा लडेका हुन् । उनको टाउको मैदानमा जोतिँदा त्यति ठुलो चोट त लागेन तर गालामा थोरै काटिएको छ । कतिपयले त उनका यो भिडियोलाई इडिट गरेर समेत पोष्ट गरिरहेका छन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »