अनौँठो प्रचलन ! जहाँ विवाह गरेको तीनदिनसम्म बेहुला बेहुली बाथरुम जान पाउदैनन्

७ बैशाख २०७४

banner

एजेन्सी । हाम्रो समाजमा विवाहको दोस्रो दिन बिहान उठेर नुहाउने प्रचलन हुन्छ। तर कुनै कुनै यस्ता देश छन्। जहाँ विवाहका परम्परा फरक फकर हुने गर्दछन्।

एउटा यस्तो परमपरा छ जहाँ विवाह गरेको तीनसम्म पनि पतिपत्नीलाई बाथरुम जान दिइदैन्। एउटै कोठा भित्रै बस्नुपर्ने हुन्छ।

यो परम्परा हो इन्डोनेशियाको । यहाँ विवाह गरेका नव दुलहादुलहीलाई तीनदिनसम्म बाथरुममा जान दिइँदैन। यो परम्परा त्यहाँका स्थानीयबासीको आस्था र विश्वाससँग जोडिएको छ।

यदि नव दुलहादुलहीले तीनदिनभित्रमा बाथरुमको प्रयोग गरेमा उनीहरुको जीवनमाथि नकारात्मक प्रभाव पर्ने विश्वास गरिन्छ।
त्यसो गरेमा प्रेम सम्बन्ध लामो समय टिक्ने र धेरै कठिनाइको सामना गर्न सक्ने क्षमता प्राप्त हुने विश्वास छ। यदी त्यो संस्कारलाई नमानेर बाथरुम गएमा पति वा पत्नीको मृत्यु हुन्छ भन्ने मान्यता रहदै आएको छ।

यसै डरका कारण नव विवाहित जोडीले विवाह दिनदेखि कम मात्रै खाना खाने गर्छन् जसले गर्दा बाथरुम जान नपरोस्। दिनदिनपछि मात्र विवाह भोजमा उनीहरुलाई संलग्न गराइन्छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »