चार दिनमा हरायो सयौं वर्ष पुरानो नदी, वैज्ञानिक चकित

७ बैशाख २०७४

banner

एजेन्सी। क्यानडाको स्लीम्स नदी चार दिनमै सुकेको छ। अनुसन्धानकर्ताहरुले यसको मूल कारण पत्ता लगाउन सकेका छैनन्। वैज्ञानिकले यसलाई रिभर पाइरेसी (नदीको चोरी) बताएका छन्। उनीहरुले जलवायु परिवर्तनको असर हुन सक्ने अनुमान गरेका छन्।
कास्कावुल्स ग्लेशियरबाट निस्कने १ सय ५० मिटर फराकिलो यो नदी सयौं वर्षदेखि बगिरहेको थियो। एक वेबसाइटका अनुसार जलवायु परिवर्तनका कारण ग्लेशियरको हिउँ छिटो पग्लिँदा नदीको बहाव बढ्यो र पानीले आफ्नो दिशा परिवर्तन गर्दा नदी पुरानो ठाउँमा पुरै सुक्यो। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »