विमानस्थलमै कर्मचारीद्वारा कुटिए दुई महिला यात्रु (भिडियो)

७ बैशाख २०७४

banner

एजेन्सी । पाकिस्तानको इस्लामावादस्थित बेनजीर भुट्टो अन्तराष्ट्रिय विमानस्थलमा दुई महिला यात्रुमाथि कुटपिट भएको छ ।

खबर अनुसार यो घटना यही अप्रिल १५ तारिकको हो, जहाँ विमानस्थलका अनुसन्धान विभागका महिला कर्मचारीले दुई महिलमाथि हातपात गरेकी हुन् । 

नर्वेकी ती यात्रुमाथि भएको दुर्व्यवहारसम्बन्धि भिडियो अहिले भाईरल भईरहेको छ । विभागले पहिले यात्रुले नै कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको थियो । तर भिडियो बाहिरिएपछि हातपात गर्ने ती महिला कर्मचारीलाई जागिरबाट निकालिदिएको छ ।  
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »