सरकारबाटै निर्वाचन आचारसंहिता उलंघन भएको एमालेको आरोप

७ बैशाख २०७४

banner

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारबाटै निर्वाचन आचारसंहिता उलंघन भइरहेको उल्लेख गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

एमाले नेतृत्वले विहिबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग सामूहिक भेटगरी सरकारले निर्वाचन आचारसंहिता उलंघन गर्दा समेत कार्वाही नगरिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

सरकारले निर्वाचन प्रभावित पार्ने गरी अर्बौको आर्थिक चलखेल गर्दा समेत कार्वाही नभएपछि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु परेको एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङले जानकारी दिए । एमालेले निर्वाचन आचारसंहिता अनुगमनका लागि नेम्वाङ नेतृत्वको उच्चस्तरीय समिति नै बनाएर काम सुरु गरेको छ । उपनेता नेम्वाङले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि माओवादीका पूर्व लडाकुको नाममा अर्थ मन्त्रालयबाट अर्बौको बजेट निकासा गर्न लागेको भन्दै आपत्ति जनाए ।

एमालेले खेलकुद मन्त्रालय अन्तरगत ५ करोड २३ लाख बजेट रोल्पा जिल्लाका लागि निकासा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आफैले परिपत्र गरेको प्रमाण आफूसँग रहेको पनि जनाएको छ । त्यसै गरी रोल्पा जिल्लाको अन्तर गाविस सडक निर्माणका लागि १ सय १३ वटा आयोजनाका लागि पनि करोडौंको रकम विनियोजन गर्ने तयारी गरेर सरकारले निर्वाचन आचारसंहिता विपरित काम गरेको दावी गरिएको छ ।

उपनेता नेम्वाङले निर्वाचनलाई प्रभावित तुल्याउने गरी सरकारले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सरुवा, बढुवाको काम सुरु गरेको भन्दै आपत्ति जनाएको छ । यता, निर्वाचन आयोगले भने निर्वाचन समयमै हुने र त्यस क्रममा आचारसंहिताको उलंघन भएको पाइए कडा कार्वाही गर्ने चेतावनी दिँदै आएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »