आजबाट १३औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु (फोटो फिचर)

७ बैशाख २०७४

banner

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले साना उद्योगलाई प्रोत्साहन गर्नका लागि सरकार तयार रहेको बताएका छन् ।
घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी–२०७४ को आज भकुटीमण्डपमा उद्घाटन गर्दै उनले साना उद्योगको उत्पादन बनाउनका लागि प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।

निर्यात बढाउनका लागि साना उद्योगको मुख्य भूमिका महत्वपूर्ण हुन्छ”– उनले भने, “त्यसैले साना उद्योगलाई यसपटकको बजेटमा प्रथामिकता राखेका छौँ ।”  उनले आन्तरिक उत्पादन बढाएमात्र व्यापार सन्तुलन गर्न सकिने भन्दै स–साना उद्योगबाट आन्तरिक उत्पादन बढाउनु आवश्यक रहेको धारणा राखे । अर्थमन्त्री महराले उद्योगलाई आधुनिकीकरण गरेर निर्यातमुखी बनाउनुपर्नेमा जोड दिए । 

विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले स्थानीय तहको निर्वाचन भए देशको विकास सम्भव भएको भन्दै तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताए । उनले विकास र अनुसन्धानमा बजेट खर्च गर्नुपर्ने उल्लेख गर्दै प्रविधिको उच्चतम प्रयोग गरे दिगो विकास हासिल गर्न सकिने बताए । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजित महतोले नयाँ प्रविधिको प्रयोग गर्नसके देशको विकासमा चाँडो हुने धारणा राखे ।
पाँच दिनसम्म चल्ने मेलामा घरेलु उत्पादनका २१५ कक्ष रहेका छन् जसमध्ये भारत पाकिस्थान, बङ्गलादेश र चीनका ३० कक्ष रहेका छन् । 
















Leave a reply

HTML Tags are not supported

Post My Comment »