मधेसका ६ दल मिलेर बन्यो राजपा, झण्डा र पार्टीको नामबारे चल्यो बहस

७ बैशाख २०७४

banner

काठमाडौं । मधेस केन्द्रित ६ वटा दलहरु मिलेर नयाँ एक दल बनेको छ। ६ दलको एकतामा राष्ट्रिय जनता पार्टी (राजपा) गठन गरिएको हो। 

मधेसका अधिकांश दल मिलाएर वृहत पार्टी गठन हुँदा त्यसले राष्ट्रिय राजनीति र मधेसमा पर्ने प्रभावको चर्चा भन्दा नयाँ पार्टीको नाम र झण्डाबारे बहस चर्किएको छ।

नयाँ गठित दल राजपाको झण्डाले पनि निकै चर्चा पाएको छ। भारतको राष्ट्रिय झण्डासँग मेल खाएको भन्दै कतिपयले झण्डा तय गर्नका लागि सृजनात्मक सोचको अभाव अाैंल्याएका छन्।

बहीबार राजधानीमा आयोजित एक कार्यक्रममा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एकीकृत भएका हुन्।

नयाँ बनेको पार्टीको नाम भारतीय जनता पार्टी (भाजपा) सँग मिल्दो भन्दै पार्टीको नामबारे व्यापक टिप्पणीहरू भएका छन्।

नयाँ गठित दल राजपाको झण्डाले पनि निकै चर्चा पाएको छ। भारतको राष्ट्रिय झण्डासँग मेल खाएको भन्दै कतिपयले झण्डा तय गर्नका लागि सृजनात्मक सोचको अभाव अाैंल्याएका छन्।

पार्टीको नाम मिल्नु र झण्डा मिल्नुमा तपसिलको विषय भन्दै मधेस केन्द्रित दलहरू मिल्नु राम्रो संकेत भन्ने हरू पनि छन्।
हेराैं सामाजिक संजालका केही प्रतिकृयाः
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »