प्रवासी मञ्च बहराइनले नि:शुल्क स्वास्थ शिविर संचालन गर्ने

७ बैशाख २०७४

banner

बहराइन । "स्वास्थ नै सबैभन्दा ठूलो धन हो" भन्ने मुल नाराका साथ नेकपा एमाले सम्बद्ध बहराइन स्थित भातृसङ्गठन प्रवासी नेपाली मञ्च बहराइन ले १३१ औं श्रमिक दिवसको अवसरमा बहराइन मा कार्यरत सम्पुर्ण नेपाली हरुको लागि भनेर नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

नेपाली क्लब बहराइन र नेप्लिज वेल्फेर सोसाइटी बहराइन को बिशेष सहयोग मा शिफा अलजजिरा मेडिकल सग समन्वय गरि उक्त शिविर संचालन गर्न लागिएको हो ।

उक्त अवसरमा वैदेशिक रोजगारीको शिलशिलामा बहराइन मा कार्यरत सम्पुर्ण श्रमिक नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा उपस्थित भएर आफ्नो स्वास्थ्य बारे नि:शुल्क परिक्षण एवम स्वास्थ्य सम्बन्धि परामर्श लिनुहुनको लागि आयोजक ले अनुरोध गरेको छ ।

साथै उक्त अवसरमा बहराइन रहनु भएका सम्पुर्ण बुद्धिजीवी, ब्यापारी बर्ग, समाजसेवी , कलाकारहरु, पत्रकार लगायत सबैलाई बिशेष उपस्थितिको लागि पनि आयोजक ले अनुरोध गरेको छ।

कार्यक्रम बारे थप जानकारी :-

मिति :- २८ अप्रिल , २०१७ ,शुक्रबार 
समय :- बिहान ०८:३० बजे देखि मध्याह्न १२ बजे सम्म
स्थान :- नेपाली क्लब को सभाहल, अदलिया 

सहयोगी संस्था हरु :-
---------------------------
नेपाली क्लब बहराइन 
नेप्लिज वेल्फेर सोसाइटी बहराइन

Leave a reply

HTML Tags are not supported

Post My Comment »