आमा बनेपछि करिनाको क्रेज उस्तै, आयो चलचित्रका लागि ६ करोडको अफर

८ बैशाख २०७४

banner

एजेन्सी । आमा बनेपछि पनि करिना कपुरको क्रेज घटेको छैन । गत डिसेम्बरमा छोरा जन्माएकी करिना पुनः अभिनयमा सक्रिय हुने सोचमा छिन्। उनलाई चलचित्र अभिनयका लागि अफर आई नै रहेका छन्। तर, तीमध्ये एकजना निर्माताले करिनालाई ६ करोड भारुको अफर दिएका छन्।

करिनाले आमा बन्नुअघि ‘वीरे दी बेडिङ’ नामक चलचित्रको सुटिङ सकाएकी थिइन् । सो चलचित्र प्रदर्शनमा आउन बाँकी छ । करिना अब भने उक्त ६ करोड पारिश्रमिकवाला चलचित्र साइन गर्ने सोचमा पुगेकी छिन् । बलिउडमा अभिनेत्रीलाई ६ करोड भारु पारिश्रमिक दिइनु भनेको निकै ठूलो रकम मानिन्छ । त्यसमाथि पनि भर्खरै सुत्केरी भएकी करिनालाई त्यति पारिश्रमिक दिइनु निकै धेरै हो। पारिश्रमिक पनि धेरै पाइने भएकाले करिनाले सो चलचित्र स्विकार्ने सोच बनाएको भारतीय अनलाइनहरूले उल्लेख गरेका छन् ।

पछिल्लो समय कंगना रनावतले ‘रंगुन’ फिल्ममा ११ करोड भारु पारिश्रमिक लिएको खबर आएको थियो । जसकारण कंगनालाई बलिउडकी सर्वाधिक महँगी हिरोइन पनि भन्ने गरिन्छ । यद्यपि रंगुन फ्लप भयो । बलिउडका अधिकांश हिरोइनले एउटा चलचित्रबाट सामान्यतया पाँच करोड भारु पारिश्रमिक पाउने गर्दछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »