भारतीय पूर्वराजदूतसँग मनका कुरा : ‘संकटमा पनि नेपालीले दुर्भाव देखाएनन्’

८ बैशाख २०७४

banner

काठमाडौँ । नेपाल–भारत सम्बन्ध निकै जटिल रह्यो, जतिवेला नेपालका लागि भारतीय राजदूत थिए, रणजित राय । भूकम्पको मार खेपिरहेका नेपाली जनतामाथि भारतको नाकाबन्दी लाग्दा राय खुबै आलोचित भए । नेपालको संविधान जारी हुँदा उनले दिएका कतिपय अभिव्यक्तिप्रति नेपालीले तीतो ओकले । साढे दुईवर्षे कार्यकालमा नेपाल बसाइ उनलाई कस्तो लाग्यो रु भोगाइ कस्तो रह्यो रु दिल्लीमा पर्शुराम काफ्लेले रायको मनका कुरा खोतलेका छन्। 

उनको कार्यकालको उत्तरार्धमा रणजीत रायलाई मैले सोधेको थिएँ, ‘नेपालका लागि भारतीय राजदूत एउटा शक्तिशाली ओहोदा मानिन्छ, तपाईंले आफ्नो कार्यकालमा आफूलाई कत्तिको शक्तिशाली महसुस गर्नुभयो रु’ शान्त स्वभावका रायले कूटनीतिक जवाफ दिए । ‘त्योभन्दा पनि मैले नेपाली जनतासँग नजिक रहेको अनुभूति गरेँ । सबै तह र तप्कासँग निरन्तर सम्वादमा रहेर काम गर्ने मौका पाएँ, सबैसँग निकट भएर काम गर्न पाउनु मेरो अहोभाग्य हो,’ उनले सुनाए।

२ भदौ ०७० देखि १७ फागुन ०७३ सम्म नेपालका लागि भारतीय राजदूत रहेका उनी अहिले दिल्लीमा छन् । ६ वैशाखमा नयाँ दिल्लीको इन्डिया इन्टरनेसनल सेन्टरमा भेट्दा उनले मनको कुरा सुनाए, ‘मैले भगवान्सँग नेपालमा राजदूत बन्न पाऊँ भन्ने कामना गरेको थिएँ, त्यो पूरा गरेर फर्केको छु।’

मैले नयाँ दिल्लीको कूटनीतिक वृत्तमा सुनेअनुसार नेपालको पोस्टिङ, कूटनीतिक सेवामा लागेका धेरैको सपना हो । भाग्यमानी कूटनीतिज्ञले मात्रै ‘मान र शक्ति’ मिश्रित उक्त अवसर प्राप्त गर्छन् । शक्ति र सम्मानका कारण दशकौँअघि अवकास पाएका पूर्वराजदूतहरूको दिमागबाट पनि नेपालको ह्याङओभर गइसकेको छैन । डेढ महिनाअघि दिल्ली फर्केका पूर्वराजदूत राय यसबाट मुक्त हुने त कुरै भएन । ‘मनभरि नेपाल घुमिरहेको छ, मैले नेपाललाई साँच्चै नै मिस गरिरहेको छु,’ रायले सुनाए ।

राय नेपाल–भारत सम्बन्ध सुमधुर र कठिन दुवै भएको समयमा राजदूत भए । संयोगबस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईपटकको नेपाल भ्रमण नेपाल–भारत सम्बन्धको सहज समयमा भएको थियो । संविधान जारी भएसँगै सम्बन्धमा देखिनेगरी नै दरार आयो । नेपालले नाकाबन्दीको सामना गर्नुप¥यो । त्यसपछि सरकार परिवर्तनका शृंखलामा भारतीय भूमिकाको चर्चा भयो।

नेपालमा संविधान जारी गर्ने वेलाको राजनीतिक उतारचढावको प्रत्यक्ष साक्षी मात्र होइन, संविधान जारी भएपछि बिग्रिएको नेपाल–भारत सम्बन्ध र नाकाबन्दीको उनी साक्षी र स्टेकहोल्डर रहे । राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण ९१७ वर्षपछिको राजकीय भ्रमण० उनकै कार्यकालमा भयो । यो संयोग थियो । हरेक संकटमा राजदूत रायको बाहिरी प्रस्तुति ‘कुल’ देखिन्थ्यो । उनले आवेगलाई अगाडि आउन दिएनन् । यो बीचमा आफ्ना चर्का आलोचकसँग पनि भेटे, सम्वाद कायम राखे । उनी जुनसुकै वेला नेताहरूसँग सम्वादमा रहे । भारतीय भूमिकाको कठोर आलोचना गर्ने सबैसँग उनले व्यक्तिगत रूपमा घनिष्ठता कायम गरे।

फर्किनुअघि राजदूत रायले दूतावासस्थित आफ्नो निवास ९इन्डिया हाउस०मा समूहगत रूपमा भिजिटिङ कार्ड बाँडे र बिदाइ समारोहमा सहभागी सबैलाई भने, ‘दिल्ली आउँदा भेट्नुहोला ।’ मेरो मनमा नेपालसँगका धेरै प्रसंग छन्, ती प्रसंग समेटेर किताब लेखुँ किजस्तो लागेको छ, हरेक प्रसंगलाई एक–एक च्याप्टर बनाएर लेखेँ भने त किताब बन्ला नि !

डेढ महिनापछि दिल्लीमा उनीसँग भेट्ने मौका मिल्यो । बढिरहेको गर्मीमा भेट्दा रायको आत्मीयता र मुस्कान उत्तिकै थियो । उनले कफी सपको एउटा कुनामा लगेर मलाई सोधे, ‘नेपालमा केके हुँदै छ रु मैले भनेँ, ‘तपाईंलाई थाहै छ नि १’ राय मुस्कुराए । बरु मैले सोधेँ, ‘नेपाललाई कत्तिको मिस गरिरहनुभएको छ ?’ ‘एकदमै’ रायले सुनाए, ‘धेरै प्रसंग छन्, मलाई किताब लेखुँ किजस्तो लागेको छ । हरेक प्रसंगलाई एउटा च्याप्टर बनाएर लेखेँ भने किताब बन्ला नि रु’ मैले पनि सही थापेँ । रायले किताब लेखे भने नेपाल–भारत सम्बन्धको पछिल्लो कठिन समयका भित्री पाटो उजागर हुनेछ।

‘म करिब १५ वर्षदेखि नेपालसँग नजिक छु, नेपाललाई बुझिरहेको छु, देखिरहेको छु ।’ नेपालको के–के मिस गरिरहनुभएको छ भन्ने मेरो प्रश्नमा राय केन्द्रित भए, ‘भगवान्सँग मेरो पुकारा थियो कि राजदूत बनेर नेपाल जान पाऊँ । भगवान्ले मेरो इच्छा पूरा गरिदिएका छन् र कार्यकाल सकेर फर्केको छु ।’ लगत्तै उनले थपे, ‘मेरो कार्यकाल कस्तो रह्यो भन्ने कुरा म आफैँ भन्न सक्दिनँ । तर, मलाई लागिरहेको छ कि मैले दुवै देश र जनताबीचको मित्रता र हार्दिकता अभिवृद्धिमा सहयोग गर्न सकेँ । बाँकी त अरूले मूल्यांकन गर्ने कुरा हो । म कार्यकालप्रति सन्तुष्ट छु।’

उनले नेपालीको सौहार्दता र हार्दिकता धेरै नै मिस गरेको दोहो-याई, तेहे-याई सुनाए । ‘नेपालका जनताको सौहार्दता र हार्दिकता म वर्णन गर्न पनि सक्दिनँ । अप्ठ्यारो र असहज परिस्थितिको बीचमा पनि म बाहिर घुमफिर गर्न जाँदा उनीहरूले देखाएको आत्मीयता र न्यानोपन म कहिल्यै भुल्न सक्दिनँ,’ पूर्वराजदूत राय भन्दै गए, ‘संकट परेका वेला पनि नेपालका जनताले मप्रति दुर्भाव देखाएनन्, मैले सद्भाव मात्रै पाइरहेँ।’

यो नाकाबन्दीको समयको सन्दर्भ थियो । मधेसीहरूले आन्दोलन गरिरहेका वेला पनि पहाडतिरबाट सम्मान पाएको उनले सम्झिरहेका छन् । जहाँ भारतविरोधी भावना उनले महसुस गरेनन् । ‘काठमाडौं उपत्यकामा केही हदसम्म पाएँ, तर काठमाडौंबाहिर पहाडमा भारतविरोधी भावना मैले पाइँन,’ रायको भनाइ छ, ‘आमरूपमा नेपालीहरूले भारतप्रति र व्यक्तिगत रूपमा मप्रति स्नेह देखाएको याद आइरहेको छ । नेपाली जनताको सहनशीलता र आत्मीयता मैले धेरै नै मिस गरिरहेको छु।’

उनले दोस्रो बुँदा तयार गरे । ‘तपाईंको देश अत्यन्तै सुन्दर छ । जनसांख्यिक विविधता छ । पहाड, हिमाल, तराईको भौगोलिक विविधता छ । यति धेरै धार्मिक स्थल छन्,’ राय अलिकति हौसिए, ‘म दिलदेखि भनिरहेको छु, नेपाल कति सुुन्दर १ भगवान्ले नेपाललाई सबैथोक दिएका छन् । नेपालको प्राकृतिक सुन्दरता र विविधता मैले सारै नै मिस गरिरहेको छु ।’ उनको बुझाइमा नेपाल र भारत मिलेर प्राकृतिक स्रोत र सुन्दरतालाई जनताको समृद्धिमा बदल्नुपर्छ । ‘जनताको जीवन स्तर उकास्न सकिन्छ र यसबाट उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्न सम्भव छ भन्नेमा म पूर्ण विश्वस्त छु,’ रायले औपचारिकता प्रकट गरे। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »