युरोपमा योगा थेरापिस्ट अभियान चलाउँदै नेपाली योगा प्रशिक्षण पुस्कर पन्त

८ बैशाख २०७४

banner

स्कटल्याण्ड । नेपालका पुर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा ख्यातिप्राप्त योग प्रशिक्षक पुष्करराज पन्त बेलायतमा विभिन्न स्थानमा योग प्रशिक्षण दिइरहेका छन् । बेलायत र जर्मनीका विभिन्न ठाउ“मा उनले ६ मईसम्म योग कक्षा संचालन गर्नेछन्।

पन्तले १३ अप्रिलमा हिमालयन सेन्टर फर आर्टस एन्ड कल्चरले स्कटलेण्डमा र नेपाल स्कटलेण्ड एशोसिएनले एडिनबर्गमा आयोजना गरेको नया“ वर्षको कार्यक्रममा योग र सकारात्मक जीवनशैलीबारे प्रशिक्षण दिएका थिए । त्यस्तै, १६ अप्रिलमा ग्लास्गो नेपालिज एशोसिएसन र दियो क्लब युके द्वारा आयोजित एक दिवसीय निःशुल्क योग प्रशिक्षण शिविर सञ्चालन गरेका थिए। 

बेलायतको ब्रम्हिमगममा शान्ति समाज युकेको आयोजनामा १९ अप्रिलमा हुने कार्यक्रममा पनि प्रशिक्षक पन्तले योगसम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुका साथै प्रशिक्षण दिएका छन । त्यस्तै, २० अप्रीलमा जर्मनीको फ्रेन्कफर्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा उनले ‘खेलकुदका लागि योग’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन।

२१ अप्रिलमा खेलकुदको अन्तर्राष्ट्रियस्तरको संस्था INTERNATIONAL COUNCIL FOR SPORTS SCIENCE AND PHYSICAL EDUCATION (ICSSPE)  को विशेष साधारण सभामा पन्त खेलकुद प्रवद्र्धन संस्था नेपाल -Sports Promotion Organzation of Nepal, SPON-Nepal) का तर्फबाट सहभागिता जनाउने छन् । पन्त स्पोन नेपालका अध्यक्ष पनि हुन।

योग, आयुर्वेद तथा खेलकुदका माध्यमबाट जीवनस्तर उकास्ने, स्वस्थ जीवन र सकारात्मक सोचका लागि जनचेतना फैलाउने उद्देश्यले २०६३ सालमा उक्त संस्था स्थापना गरिएको थियो। योग प्रशिक्षक पन्तले अप्रिलको अन्तिम साता बेलायतको लण्डनमा Woolwich Common Commnity Center  मा एक दिवसीय निःशुल्क योग कक्षा सञ्चालन गर्ने छन् भने ६ मईमा Northolt Park Social Club, Northolt London मा बक्सिङ्ग खेलाडीहरुका लागि योग कक्षा  (Yoga for Boxing)  मा प्रशिक्षण दिने छन।

त्यस स“गस“गै उनले बेलायतका विभिन्न ठाउ“मा व्यक्तिगत रुपमा पनि नेपालीलाई योग र आयुर्वेदका बारेमा जानकारी तथा प्रशिक्षण दिइरहेका छन् । नीजि खर्चमा बेलायत  पुगेर योग प्रशिक्षण दिइरहेका पन्तले योग तथा पुर्वीय दर्शन सम्बन्धि जन चेतना जगाउने आफ्नो अभियानलाई सफल पार्न सम्पुर्ण नेपाली र सरोकारवाला निकायहरुलाई अनुरोध गरेका छन्। 

प्रशिक्षक पन्तले सन २००५ देखि नै नेपाल लगायतका विभिन्न मुलुकमा योग प्रशिक्षण गराउदै आएका छन्। उनले सन २०१०–२०११ मा पतंजलि योगपीठ हरिद्वारबाट एडभान्स योग प्रशिक्षण प्राप्त गरेका हुन । उनी अध्यक्ष रहेको संस्था स्पोन नेपालले खेलकुदमा योगको प्रभावका विषयमा रिषर्च गरी अमेरिकन कलेज अफ स्पोर्टस मेडिसिनद्वारा आयोजित Exercise is Medicine दोस्रो विश्व सम्मेलनमा अमेरिकाको कोलोराडोमा कार्यपत्र प्रस्तूत गरेका थिए। 

सन २०१५ अप्रिलमा नेपालमा आएको विनासकारी भुकम्पपछि पनि पतंजलि योगपीठ नेपालको मातहतमा स्पोन नेपालको तर्फबाट भुकम्प पिडित विभिन्न ८ वटा जिल्लामा पन्त योगका माध्यमबाट भुकम्प पिडितहरुको मानसिक पिडा कम गर्ने कार्यमा ६५ दिनसम्म स्वयमंसेवकको रुपमा काम गरेका थिए । २०१५ नबेम्बरमा पनि जर्मनीको बर्लिनमाI

CSSPE द्वारा आयोजित Community and crisis –inclusive development through sports नामक अन्तराष्ट्रिय सम्मेलनमा पनि पन्तले खेलकुदका लागि योग विषयमा आप्mनो कार्यपत्र प्रस्तुत गरेका थिए । विक्रम सम्वत २०५९ साल देखि नै नेपालमा खेलकुदमा योगको विषयमा कार्यपत्र प्रस्तुत गर्ने पहिलो संस्थाका रुपमा स्पोन नेपालले काम गर्दै आईरहेको छ । 

पन्त योग क्षेत्रमा आउनु अघि २०४८ सालदेखि बक्सिङ्ग खेल्न थालेका थिए । उनी २०४९–२०५१ सम्म तीन पटक भारोत्तोलन, २०५२-२०५९ सम्म एमेच्योर तथा प्रोफेशनल बक्सिङ्गमा चारपटक राष्ट्रिय च्याम्पियन बनेका थिए । क्वानमुकान करातेको विशेष प्रशिक्षण लिई पन्तले सन २००२ मा स्पेनमा २१ देशको सहभागितामा भएको अन्तराष्ट्रियस्तरको कराते प्रतियोगितामा नेपालको तर्फबाट रजत पदक जितेका थिए।


उनी काठमाण्डौस्थित बाग्मति बोर्डिङ्ग स्कुल र भारतीय राजदुताबासभित्रको केन्द्रिय विद्यालयमा योग तथा खेल प्रशिक्षकको रुपमा कार्यरत छन् । पन्तले सन २००८ देखि नै विभिन्न स्कुल कलेजहरु र संघसंस्थाहरुमा योग सम्बन्धि प्रशिक्षण तथा कार्यशाला गर्दै आएका छन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »