सरकारले मोर्चालाई डाकेको बैठकमा जनता पार्टी हाजिर, उपेन्द्र यादव गयल

८ बैशाख २०७४

banner

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका मन्त्री सहभागी मधेसी मोर्चासँगको बैठक बालुवाटारमा जारी छ। मधेसी मोर्चामा सम्बद्ध दलमध्ये संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव गयल छन्। उनको दलबाट वरिष्ठ नेता अशोक राई र उपाध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी छन्।

पत्रकारले बैठक माैन किन? भनेर प्रश्न गरेपछि गृहमन्त्री बिमलेन्द्र निधिले ठट्टा गरे-यो बैठकलाई मोर्चासँगको बैठक भन्ने कि राष्ट्रिय जनता पार्टीसँग को?

बिहीबार छ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीका नेताहरू बैठकमा सहभागी छन्।

बैठक सुरू हुनु अगाडि फोटो पत्रकारलाई फोटो खिच्न समय दिएको बखत बैठकमा सन्नाटा छायो। पत्रकारले बैठक माैन किन? भनेर प्रश्न गरेपछि गृहमन्त्री बिमलेन्द्र निधिले ठट्टा गरे-यो बैठकलाई मोर्चासँगको बैठक भन्ने कि राष्ट्रिय जनता पार्टीसँग को?

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य सरद सिंह भण्डारीले गृहमन्त्रीको प्रश्नमा जवाफ फर्काए-'यो त मोर्चासँगकै भन्नु पर्छ।' केहीबेर हाँसो चल्यो।

मोर्चामा संलग्न ६ दलको एकीकरण पछि बनेको राजपा र यादव नेतृत्वको फोरम गरेर दुई दलमात्र बैठकमा छन्। यस अगाडि मोर्चाबाट आधा दर्जनबढी दल सहभागी हुने र दलपिच्छे फरक धारणा आउने हुन्थो।

सत्ता साझेदार दलका मन्त्रीहरू बैठकमा सहभागी छन्। 

स्थानीय तहको निर्वाचनका लागि मात्रै २४ दिन बाँकी रहेको समयमा भएको यो बैठकमा मधेस केन्द्रित दललाई निर्वाचनका लागि सहमतिमा ल्याउन 'कन्भिन्स' गर्ने प्रधानमन्त्रीको पहल हुनेछ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »