एनआरएन अमेरिकाको सदस्यता छानबिन तथा प्रमाणिकरण कार्य तीब्र

८ बैशाख २०७४

banner

एनआरएन अमेरिकाको आगामी २०१७ २०१९ को लागि सम्पन्न हुन गैरहेको निर्वाचनका लागि सदस्यता छानविन तथा प्रमाणिकरण कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न १६ वटा स्टेट च्याप्टरहरुमा डाटा उपलब्ध गराइ सकेको र केही स्टेटहरुबाट छानबिन समेत भै डाटा उपलब्ध भै सकेको कुरा एनआरएन अमेरिकाका महासचिव एवम् एनआरएन राष्ट्रिय छानबिन तथा प्रमाणिकरण समिति अमेरिकाका संयोजक तिलक श्रेष्ठले जानकारी दिएका छ्न् । 

छानबीन गर्ने क्रममा केही नामहरु दोहोरिएको, केही ईमेलहरु पनि पुनस् प्रयोग गरिएको र केही व्यक्तिहरुको सदस्यताको लागि शुल्क बुझाए पनि नाम नभएको भन्ने गुनासो आएकोले फोन र इमेलको माध्यमबाट समाधान गर्ने कार्य भै रहेको कुरा श्रेष्ठले बताएका छन् । 

न्युन संख्यामा मात्रै सम्पर्क हुन नसकेको तर सबैबाट सकारात्मक फिडब्याक आएकाले कार्य गर्न सरल र सहज  भएको भन्दै समयमै छानबीन तथा प्रमाणीकरणको कार्य सम्पन्न गरी निर्वाचन समितिलाई बुझाउने कुरामा समिति अहोरात्र खटिएको  छानबिन समितिले जनाएको छ। 

छानबिन कार्यलाई प्रभावकारी बनाउनका निम्ति समितिबाट आएको ईमेल र फोनलाई सम्बोधन गरी सहयोग गर्न पनि श्रेष्ठले सबैलाई आग्रह गरेका छ्न् ।  केन्द्रीय छानबीन समितिमा तिलक श्रेष्ठ - संयोजक, विनोद तिवारी - सदस्य, हरीहर दाहाल - सदस्य, पासाड लामा - सदस्य र नवराज खड्का - सदस्य रहेका छ्न्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »