
काठमाडौं-चुनावको मुखैमा दलहरूबीच एकीकरण हुने लहर नै चलेको छ। एकीकरणको पालो बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालको आएको छ। यि दुई पार्टीबीच छिट्टै एकीकरण हुने भएको छ।
शुक्रबार दुबै पार्टीका अध्यक्षले संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरेर पार्टी एकीकरणका लागि पूर्व तयारी गर्न संयोजन समिति गठन गरेको जनाएका छन्।गठित समितिमा नयाँ शक्तिका संयोजक भट्टराई र संघीय समाजवादीका अध्यक्ष यादव र नेता अशोक राई छन्।
गठित समितिमा नयाँ शक्तिका संयोजक भट्टराई र संघीय समाजवादीका अध्यक्ष यादव र नेता अशोक राई छन्।
विज्ञप्तीमा लेखिएको छ- ‘पार्टी एकताको प्रयोजनार्थ दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका बैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउनका लागि पार्टी एकता संयोजन समिति गठन गर्ने निष्कर्षमा पुगिएको छ।'
पछिल्लो समय नयाँ शक्ति र समाजवादी पार्टीबीच विभिन्न मुद्दाहरूमा सहकार्य हुँदै आएको छ। मधेस केन्द्रित दलहरूबीच एकता भएपछि उपेन्द्र यादव मधेसमा अलग धारमा परेका छन्।
प्रेस विज्ञप्तिः

Leave a reply