मधेश केन्द्रित दलबाट चुनावमा जाने संकेत पाएपछि बढ्यो प्रधानमन्त्रीको दौडधुप

८ बैशाख २०७४

banner

काठमाडौं । मधेश केन्द्रित दलहरु मिलेर नयाँ बनेको राष्ट्रिय जनता पार्टी तथा संघीय गठबन्धनका नेताहरुले आफूहरुको माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी हुने प्रतिक्रिया दिएका छन्। 

प्रधानमन्त्रीले आजै अपरान्ह पाँच बजे बैठक गरेर मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउने योजना बनाएका छन्।

सत्तारुढ काँग्रेस÷माओवादी केन्द्र र मधेश केन्द्रित दलहरुबीच शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउने र मधेश केन्द्रित दलहरु निर्वाचनमा सहभागी हुने विषयमा छलफल भएको थियो। 

आफूहरुको माग सम्बोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी हुने नवगठित राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनले मधेशका जनतालाई अनुभूति हुनेगरी संविधान संशोधन भए चुनावमा जान सकिने बताए। 

मधेश केन्द्रित दलहरु निर्वाचनमा जाने संकेत देखिएपछि प्रधानमन्त्री दाहालले त्यससम्बन्धि समान धारणा बनाउन दिउँसो तीनबजे सत्तारुढ प्रमुख तीन दलको बैठक बोलाएका छन्।

आफूहरुको माग सम्बोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी हुने नवगठित राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनले मधेशका जनतालाई अनुभूति हुनेगरी संविधान संशोधन भए चुनावमा जान सकिने बताए। 

सत्तारुढ दलहरुसँग समान धारणा बनाएर प्रधानमन्त्री दाहालले आजै अपरान्ह पाँच बजे बैठक गरेर मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउने योजना बनाएका छन्।

संविधान संशोधन प्रक्रिया अघि बढाएर निर्वाचनमा जान सरकारले गरेको प्रस्तावमा मधेश केन्द्रित दलहरु सकारात्मक देखिएको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए। उनले मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउन सरकारले आजै ठोस निर्णय लिने दावी गरे।

प्रमुख पाँच दलको बुधबार बसेको बैठकले मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अन्तिम समयसम्म पहल गर्न सुझाव दिएको थियो। बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नवगठित राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका नेताहरु सहभागी थिए।
भिडियोः

Leave a reply

HTML Tags are not supported

Post My Comment »