अभिनेत्री श्रद्धा कपुरलाई एकान्तमा लैजान चाहन्छन् क्रिकेटर भुवनेश्वर !

८ बैशाख २०७४

banner

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) २०१७ अहिले जारी छ । आईपीएलमा उत्कृष्ट बलरलाई सम्मान स्वरुप पर्पल क्याप दिने गरिँदै आएको छ । 

 यस वर्षको आईपीएलमा पर्पल क्याप हकदारको पहिलो नम्बरमा सनराइजर्स हैदरबादका बलर भुवनेश्वर कुमार रहेका छन् । यिनै स्टारको हालै एक भिडियो सार्वजनिक भएको छ, जसमा उनलाई सुनसान आईल्याण्डमा डेटिङ जान मनलागेको तीन युवतीको नाम सोधिएको छ ।

बलिउड अभिनेत्री श्रद्धा कपुरको फ्यान रहेका उनले श्रद्धासँग एकान्तमा डेटिङ जाने इच्छा व्यक्त गरेका छन् । उनको यो इच्छालाई अभिनेत्री श्रद्धाले पूरा गर्लिन या गर्दिनन् त्यो समयले बताउँछ । यद्यपी श्रद्धा कपुर अहिले फिल्म 'हाफ गल्फ्रेण्ड'को प्रचारमा व्यस्त रहेकी छिन् । 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »