निमोनियाले ग्रस्त अमेरिकी पूर्वराष्ट्रपति बुश अझै अस्पतालमा 

८ बैशाख २०७४

banner

हाउस्टन । अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना गरिएका अमेरिकाका पूर्वराष्ट्रपति एवं बयोबृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ स्थितिको जानकारी लिन उनकै पुत्र, अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस अस्पताल पुगेका थिए । 

९२ बर्षिय पूर्वराष्ट्रपति बुसलाई गत शुक्रबार अचानक लगातार कडा खोकी लागेकाले तत्कालै स्थानीय हाउस्टन मेथोडिस्ट हस्पिटल पुर्याईएको थियो । त्यहाँ डाक्टरी जाँचपछि उनलाई निमोनियाले ग्रस्त बनाएको पत्ता लागेको थियो । 

बयोबृद्ध बुसका पारिवारिक प्रवक्ता जिम म्याकग्राथले बताए अनुसार उपचारपछि शारिरीक शिथिलतामा कमी आएको, आराम महसूस भै फूर्ति बढ्नुका साथै उनको स्वास्थस्थितिमा क्रमिक सुधार आई हिजो बिहीबारसम्म स्थिर रहेको थियो । 

पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९८९ देखि १९९३ सम्म चारबर्ष र उनका पुत्र जर्ज डब्ल्यु बुसले सन् २००१ देखि २००९ सम्म – दुई पटक गरी आठ बर्ष सम्म अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हालेका थिए । रासस /एपी 

Leave a reply

HTML Tags are not supported

Post My Comment »