पियानोबाट निस्कियो साढे ६ करोडको सुन, पियानो दिनेलाई पनि थाहा थिएन खजानाबारे

८ बैशाख २०७४

banner

एजेन्सी। ब्रिटेनमा एक व्यक्तिले पियानोभित्र साढे ६ करोडको सुन भेट्टाएका छन्। पियानोभित्रबाट निस्किएका ९ सय १३ वटा सुनका सिक्का १८४७ देखि १९१५ बीचका छन्। यिनीहरुको मूल्य पाँच लाख पाउण्डजति पर्छ। अचम्मको कुरा यो पियानो ३३ वर्षसम्म आफूसँग राख्ने दम्पतीलाई पनि यसबारे थाहा थिएन। 
श्रपशायरको विशप क्यासल कम्युनिटी स्कुललाई यो पियानो दानमा प्राप्त भएको थियो। स्कुलले पियानो ट्युनर मार्टिन ब्याकहाउसलाई पियानो मर्मत गर्न बोलाएको थियो। मार्टिनले पियानो सफा गर्दै थिए त्यतिबेलै उनले किबोर्डभित्र सुनका सिक्काको थुप्रो भेटाए। यी सिक्का मार्टिन र स्कुलले आधा आधा बाँड्ने निर्णय भएको छ। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »