पानी खोज्दै आएको दुर्लभ पंक्षीलाई सताएरै मारियो

८ बैशाख २०७४

banner

झारखंड। झारखंडको चतरामा भेटिएको एक गरुडको बिहीबार मृत्यु भएको छ। गरुड मरेपछि वन विभागमाथि उसको उपचारमा लापरवाही गरेको आरोप लागेको छ। सोमबार यो गरुडसँग केही बच्चाहरु खेलिरहेका थिए। मान्छेको भीडले यसलाई निकै सताएपछि यो घाइते भएको थियो। पछि वन विभागले उपचारका लागि लिएर गएको थियो। 
गरुड तिर्खा लागेपछि सहरनजिकै एउटा तलाउमा आएको थियो। पानी पिउँदै गर्दा बच्चाहरुले उसलाई समातेका थिए। राँची विश्वविद्यालयका जुलोजीका प्राध्यापक रज्जुद्दीनका अनुसार गरुड निकै दुर्लभ पंक्षी हो। संसारभर यसको संख्या ५ हजारभन्दा कम छ। पछिल्लो केही समय झारखंडमा गरुड देखिएका थिए। यहाँको जलवायु गरुडको अनुकूल भएको बताइएको छ। अग्ला रुख हुने र पानीको राम्रो स्रोत हुने ठाउँमा गरुड बस्छन्।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »