चुनावी रस्साकस्सीः प्रतिष्ठाको लडाइँमा सरकार र मधेसी दल

८ बैशाख २०७४

banner

काठमाडौं । मधेस केन्द्रित ६ वटा दल एकीकृत भएर बनेको राष्ट्रिय जनता पाटीका नेता लक्ष्मणलाल कर्णले आफूहरु चुनावमा सहभागी हुनका लागि सरकारसँग सहमति गर्नका लागि आजको दिन अन्तिम अवसर हुने बताएका छन्। 

उनले आजको दिनलाई सदुपयोग गर्न सरकारलाई मौका रहेको बताए। चुनावमा जाने वा नजाने भन्ने आजकै बैठकहरुबाट आफूहरुले निर्णायक धारणा बनाउने उनले बताए। नवगठित जनता दलको धारणा सार्वजनिक गर्न उनी पत्रकार माझ उभिएर बोलेका हुन्।

सरकारका लागि मोर्चालाई चुनावमा ल्याउनु प्रतिष्ठाको विषय बनेको छ भने मोर्चालाई संविधान संशोधनको आफ्नो बटमलाईन छाड्न नहुने दवाव छ। यही बीचबाट मध्यमार्गी निकास निकाल्नका लागि दुबै पक्ष सकारात्मक देखिएका छन्।

बालुवाटरमा प्रधानमन्त्रीसहित सरकारका मन्त्री र मोर्चा सम्बद्ध दलसँगको बिहानको बैठकमा भएका छलफलबारे जानकारी दिदै कर्णले भने ‘आज हाम्रो सहमति खोज्ने अन्तिम दिन हो, भोलीदेखि हाम्रो आन्दोलनका कार्यक्रम छन्, हामी राजधानी बस्दैनौं, मधेस झर्छौ।’ उनले संविधान संशोधनमा कुरा मिल्यो भने आफूहरु चुनावमा जान तयार हुने बताए।

‘संविधान संशोधन गरेर केही कुरा प्राप्ति भयो है भन्ने जनतालाई देखाउन पाइयो भने चुनावमा जानका लागि बाटो तयार हुन्छ,’ उनले भने ‘संविधान संशोधन नै चुनावमा जाने हाम्रो बटमलाइन हो।’ उनले संविधान संशोधनका लागि सत्तारुढ दलहरुले समान धारणा बनाएर आफूहरुलाई बैठकमा डाक्ने सहमति भएको भन्दै बेलुका पाँचबजे पुनः बैठक बस्ने जनाए।

बालुवाटार बैठक पछि प्रतिकृया दिदै माओवादी नेता बर्षमान पुनले आजै सत्तारुढ दलबीचको बैठकबाट समान धारणा बनाएर संविधान संशोधनको तयारी र मोर्चालाई चुनावमा ल्याउन सँगसँगै पहल हुने बताए।

आजको बालुवाटार बैठकले सरकार र मधेसी मोर्चा दुबैमा आशा जागृत गरेको छ। सरकारका लागि मोर्चालाई चुनावमा ल्याउनु प्रतिष्ठाको विषय बनेको छ भने मोर्चालाई संविधान संशोधनको आफ्नो बटमलाईन छाड्न नहुने दवाव छ। यही बीचबाट मध्यमार्गी निकास निकाल्नका लागि दुबै पक्ष सकारात्मक देखिएका छन्।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »