कुवेतमा १२७औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने

८ बैशाख २०७४

banner

प्रवासी नेपाली मन्च र जिफन्ट सपोर्ट  ग्रुप कुवेतको आयोजनामा यहि अप्रिल २८ तारीख़का दिन १२९ औँ  अन्तर्राष्ट्रिय मजदुर दिवस विशेष कार्यक्रमका साथ मनाइने भएको छ। कुवेतको जिलिव स्थित पपिन हलमा बिभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रमहरुसँगै यो दिवस मनाइने आयोजकले जनाएको छ।

हरेक वर्ष मे १ तारिखमा संसारका मजदुर एक होऔ’ भन्ने मुल नारा बोकेर यो दिवस मनाउने गरिन्छ।  सन् १८९० यता प्रत्येक वर्ष मे १ तारिखमा संसारभर मजदुर दिवस मनाउने गरिन्छ । अमेरिकी शहर शिकागोका उद्योग कारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको दिन मे १, १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो ।

उक्त आन्दोलन विश्वभर फैलिदै जाँदा सन् १८८७ मा कार्ल मार्क्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा मजदुर दिवसको महत्व विस्तार हुँदै आएको छ। कुबेतमा कार्यरत नेपाली मजदुरहरुका माझ कृयाशिल जिफन्ट सहयोग समुह र प्रवासी नेपाली मन्चले गत बर्षदेखि नै यो दिवस मनाउँदै आएका छन् ।  आयोजकले में ५ मा मनाउने तयारी गरेको भए पनि त्यस दिन नेपाली समाज कुबेतमा अन्य दुर्इ कार्यक्रम तय भएको हुँदा २८ अप्रिलमा नै कार्यक्रम गर्नु परेको आयोजकले बताएका छन।

मजदुरहरुको यो बिशेष कार्यक्रम भएको हुँदा कुबेतामा  श्रम गर्ने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुको आफ्नै कार्यक्रम हो । यस कारण सबै जना उपस्थित भएर धैरे कुराहरु बुझ्ने र मनोरन्जन लिन आयोजक टिमले हार्दिक निमन्त्रणा र अनुरोध गरेको छ ।
 
आयोजक
प्रवासी नेपाली मन्च र जिफन्ट सपोर्ट ग्रुप कुवेत
मिति :२८-०४-२०१७ शुक्रबार 
स्थान :जिलिव पपिन हल पुलिस स्टेसन अगाडी
समय: मध्याह्न १२ बजेवाट

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »