अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला जारी

८ बैशाख २०७४

banner

काठमाडौं । व्यवसायीहरुले नेपाली गलैंचाको निर्यात् व्यापार उत्साहजनक रहेको बताएका छन ।काठमाडौंको भृकुटी मण्डपमा जारी ‘१३ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा नविनतम प्रविधि प्रर्दशनी’ मा सहभागी भएका गलैंचा व्यवसायीहरुले नेपाली गलैंचाबाट बार्षिक ६ अर्ब भन्दा बढि आर्थिक कारोबार हुने गरेको स्पष्ट पारेका छन ।

व्यवसायी शोभा गुरुङले नेपालको गलैंचा निर्यातको मुख्य बजार अमेरिका भएको पनि जानकारी दिइन् । अमेरिकाले गलैंचालगायतका नेपालका केही सागग्रीहरुमा भन्सार छुटको व्यवस्था गरेपछि व्यवसायीहरु झनै उत्साही भएका छन् ।

व्यवसायी गुरुङले आफूले मात्रै वार्षिक २५-२६ हजार स्क्वाएर मिटर गलैंचा अमेरिकामा मात्रै निर्यात गर्ने गरेको तथ्यांक उल्लेख गरे । नेपाली गलैंचाको मुख्य बजार अमेरिका हो भने यसको निर्यात युरोपमा पनि उत्साहवद्र्धक रहेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

मेलामा गलैंचा लगायतका नेपाली घरेलु बस्तुहरुको उत्पादनलाई प्राथमिकता दिइएको छ । नेपाली बस्तुहरुको अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यकारी निर्देशक चुडामणि भट्टराईले जानकारी दिए ।

मेलामा गुणस्तरीय बस्तुहरुको उत्पादनबारे जानकारी लिने उद्देश्यका साथ अन्तराष्ट्रिय स्टलको समेत व्यवस्था गरिएको आयोजकको दाबी छ । गुणस्तरीय बस्तु उत्पादन गर्ने अनुभव लिन समेत भारत, चीन लगायतका देशका घरेलु उद्यमीहरुको पनि स्टल राखिएको पनि उनले बताए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »