काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले गणतन्त्रलाई संस्थागत गर्न आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुपर्ने बताएका छन् ।
नेता थापाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धि आफ्नै पार्टी नेतृत्वमा भएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न तीन वटै तहको निर्वाचनमा पार्टी विजयी हुनैपर्ने तर्क गरे । उनले घरघरमा गएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतासँग एकाकार भएर मात्रै निर्वाचनमा विजयी हुन सकिनेतर्फ पार्टी कार्यकर्तालाई सचेत गराए । नेता थापाले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउन पनि आफ्नो पार्टी नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन लागि परेको पनि स्पष्ट पारे ।

Leave a reply