एमालेबाट सौराहामा चौधरीको उम्मेदवारी

८ बैशाख २०७४

banner

चितवन । रत्ननगर नगरपालिका वडा नं.६ मा नेकपा एमालेले आदिवासी थारु समुदायबाट पार्टीका युवा नेता रामजी चौधरीलाई उम्मेदवार बनाएको छ । पर्यटकीय नगरी सौराहा अन्र्तगत गर्ने यो वडालाई दलहरुले चासोका साथ लिने गरेका छन ।

काँग्रेस र मओवादीसंग प्रतिष्पर्धा गरेर जित्न सक्ने खुवी भएका चौधरीलाई वडा कमिटीले निर्णय गरी जिल्ला कमिटीमा अनुमोदनको लागि पठाएको थियो । पार्टी जिल्ला कमिटीले अनुमोदन गरी चौधरीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको वडा कमिटी अध्यक्ष विष्णु थापाले जानकारी दिए ।

वडा अध्यक्षमा लोकराज भूषाल, घनश्याम तिमिल्सिना, नारायण प्रसाद ढकाल, रोजनाथ पाठक, गोपीचन्द्र सापकोटा, चण्डिका ढकाल, अर्जुन ढकालले आकाँक्षा व्यक्त गरेको भएपनि विपक्षी दलका उम्मेदवारसंग कडा प्रतिष्पर्धा गरेर जित्न सक्ने खुवी भएकाले चौधरीलाई अघि सारिएको विशेष नगर कमिटीका निर्वतमान अध्यक्ष लोकराज भुसालले बताए ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »