एमाले बर्दियाको उम्मेदवार छनौटका लागि प्रदेश कमिटीमा सिफारिस 

८ बैशाख २०७४

banner

बर्दिया । नेकपा (एमाले) बर्दियाले जिल्लामा भएका आठ वटा स्थानीय तहको लागि उम्मेदवार छनौट गर्न प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
६ वटा नगरपालिकाको प्रमुख र उपप्रमुख तथा दुई वटा गाउँपालिकाको अध्यक्ष एवम् उपाध्यक्षको उम्मेदवारका लागि नाम छनोट गरी प्रदेश कमिटीमा सिफारिस गरेको हो । 

एमाले बर्दियाले गुलरिया नगरपालिकाको मेयरका लागि जिल्ला अध्यक्ष हरि ज्ञवाली, अमर खड्का, शोभा ज्ञवाली र उपमेयरका लागि टीकाकुमारी सम्सेली मगर, लक्ष्मी गौतम, लोकबहादुर वलीलाई सिफारिस गरेको छ ।

बारबर्दिया नगरपालिकाको मेयरमा अतिराम थारू, पदमप्रसाद ढकाल, रणबहादुर चौधरी र उपमेयरमा कमला ज्ञवाली, पुष्पा वली नारायणी चौधरी तथा बाँसगढी नगरपालिकाको मेयरमा शालिकराम अधिकारी, खड्कबहादुर खड्का, शिवकुमारी सापकोटा र उपमेयरमा देवीमाया बस्याल, चन्द्रावती न्यौपाने, सुस्मा चौधरीको नाम सिफारिस गरेको हो ।

ठाकुरबाबा नगरपालिकामा खगेन्द्रप्रसाद खनाल, खुसीराम थारू, घननारायण श्रेष्ठ मेयरमा र वीना भट्टराई, मनीषा चौधरी, मीनाकुमारी चौधरीलाई उपमेयरमा सिफारिस गरेको छ भने राजापुर नगरपालिकामा मेयरमा पहारी थारू, वैद्यनाथ झा, सिर्जना थारू र उपमेयरमा कृष्णी थारू, गीता भट्ट र सीता अर्याल सिफारिस गरेको छ ।

मधुवन नगरपालिकाको मेयरमा दुर्गाबहादुर वली, टंकप्रसाद पौडेल, मुकुन्द ज्ञवाली र उपमेयरमा मनु भण्डारी, शान्तिदेवी श्रेष्ठ, हीरा चौधरीको नाम सिफारिस गरिएको एमाले बर्दियाले जनाएको छ ।

यसैगरि गेरुवा गाउँपालिकाको अध्यक्षमा नूतन चौधरी, बमबहादुर रावल, सीतामैया शाहीलाई अध्यक्षमा र मञ्जु शर्मा, शान्ति रिमाल, सीताजानकी चौधरीलाई उपाध्यक्षका लागि सिफारिस गरिएको बताइएको छ ।

बढैयाताल गाउँपालिकाको अध्यक्षमा लालबहादुर श्रेष्ठ, डिलबहादुर केसी र कौशिला सिंह ठकुरी तथा उपाध्यक्षमा दीपा गौतम, सावित्री भुसाल र कृष्ण गुरुङको नाम सिफारिस गरिएको नेकपा (एमाले) बर्दियाले जनाएको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »