पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा ठूलो प्रभाव पार्न सक्छ : ट्रम्प

८ बैशाख २०७४

banner

वासिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिसमा भएको घातक आक्रमणको फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पर्ने शुक्रबार बताएका छन् । आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । 

“पेरिसमा भएको अर्को आतङ्कवादी हमलाका कारण फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पार्नेछ, ” अमेरिकी राष्ट्रपतिले फ्रान्सको आइतबार हुने निर्वाचनका विषयमा रहेको अमेरिकी मौनतालाई भङ्ग गर्दै ट्वीट गरेका छन् ।

ट्रम्पको ट्वीट पेरिसमा एक बन्दुकधारी आक्रमणकारीले एक प्रहरीको मृत्यु भएपछिको केही घण्टापछि आएको छ । 

फ्रान्सको राष्ट्रपतिका लागि आइतबार हुने पहिलो चरणको निर्वाचनको सिलसिलामा रक्तपातपूर्ण घटना हुनसक्ने भनी सतर्कता अपनाइरहेका बेला आईएसद्वारा आक्रमण भएको छ । सन् २०१५ पछि पटकपटक जिहादी अतिवादी समूहले फ्रान्सका विभिन्न ठाउँलाई लक्षित गरी आक्रमण गराएका छन् । पछिल्ला दुई वर्षको अन्तरमा २३० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

आक्रमणपछि फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धामा रहेका चार नेतामध्ये तीन जना ले पेन, इमान्युयल म्याक्रोन, फ्रास्वाँ फिलनले शुक्रबारका लागि तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »