कविता - "त्यो अद्भूत घर" - बाबुराम पन्थी - तम्घास, गुल्मी

१३ बैशाख २०७४

banner


कविता 

"त्यो अद्भूत घर"

जाँहा सबै चिजहरूको पर्याप्तता
प्यासको न त भोकको आभाष
न त चिर्चिर पोल्ने गर्मी 
न त कठाँड्ग्रीने सिरेठो
पढ्न न त कामको हतारो 
नाफाको न त घाटाको हिसाब 
पाप नत पुण्य कमाउने चटारो 
कती आनन्दको संसार 
त्यो अद्भुत घर
त्यो भन्दा पनी भिन्न 
जाँहा तिमी थियौ र म थिँए 
म थिँए र तिमी खुशी थियौ 
म संग जोडिएका तिम्रा सपना थिए
आनन्दित थियौं ।
आफूलाई पूर्ण र भाग्यमानी ठान्थौ
तिम्रो स्पर्श थियो 
तिम्रो माँया ममता थियो 
सुम्सुम्याउने तिम्रा कोमल हात थिए
मेरो आगमनले हर्षोल्लास थियौ 
मेरो लागी चाल बदल्यौ
खान पान बदल्यौ
चाहना बदल्यौ 
सुन्दर सपना बदल्यौ 
र समयले एक दिन मेरो घर बदल्यो
त्यो घर जस्तो यो घर काँहा छ र  ?
याँहा त पिडै पिडा छ 
हर तरहको दुस्ख कष्ट झेल्नु परेको छ
द्वेष र अहंकारले घेरिएको छ 
आपसमा मर्ने र मार्ने खेल चलेको छ 
तिम्रो लागी अमूल्य म 
आज मूल्यहीन छु 
असुरक्षित छु 
त्यो अद्भुत घरमा 
तिमीले मेरो लागी पुर्याएको 
सुख सुविधा ,माँया ममता र सुरक्षा 
कसैले दिन सक्दो रहेनछ 
शितल स्पर्श र निश्छल माँया दिने
आमा।


    

Leave a reply

HTML Tags are not supported

Post My Comment »