आमा - राज खत्री

१३ बैशाख २०७४

 आमा

देखिने भगवान हो
नंवजात शिशुको
पुँकार हो! आमा

बिना सोच बिना स्वार्थ
शिशु तृप्तिकै लागि
आफुलाई पुर्न लुटाउने 
त्यो त्याग 
त्यो अथाहा प्यार हो आमा...

कला चित्र नाटक हो
गिँत,संङ्गित,साहित्य हो
र पुर्णमा एक छुट्टै
सँसार हो आमा.....

पहिलो प्रेम 
पहिलो चुम्बन 
पहिलो भासा
पहिलो सम्बन्ध हो आमा...
शृष्टिकै पहिलो उपहार हो आमा...

एक नया जिवनको आसा हो आमा
जीवन कै एक  परिभासा हो  आमा...
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »