१४ रुपैयाँको टिकट नदिँदा २४ लाख जरिवाना

डिसी नेपाल
२५ साउन २०७६ १७:५७

एजेन्सी । भारतको गुजरातमा राज्य सडक परिवहन निगमको एक बसका सह–चालकलाई यात्रीलाई १४ रुपैयाँको टिकट नदिनु महँगो सावित भएको छ । करिब १६ वर्षपछि उनलाई दोषी पाइएको छ । यसका अलावा उक्त सह–चालकले आफ्नो कमाईबाट २४ लाख जरिवाना दिनुपर्नेछ ।

यो घटना सन् २००३ मा भएको थियो । सन् २००३ को जुलाई ६ मा अचानक निगरानीको क्रममा सह–चालक चन्द्रकान्त पटेलको बसमा एक यात्री बिना टिकटको पाइएको थियो । यात्रीले निगरानी गर्ने अफिसरलाई आफूले पैसा दिएको तर सह–चालकले टिकट नदिएको बताएका थिए ।

यसपछि पटेलको बिरुद्धमा विभागीय जाँच अघि सारिएको थियो । उक्त जाँच कमिटीले चन्द्रकान्त लाई दोषी देखाउँदै निर्धारित समयसम्म उनले सेवा गर्ने र गल्तीवापत २४ लाख रुपैयाँ जरिवाना तिर्ने निर्णय सुनाएको छ । पटेलले पहिले पनि यस्तै गल्ती गरेको पाइएको छ । पहिले उनलाई अफिसरले चेतावनी दिएर छोडेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *